विश्वकप हेर्न नेपालबाट २०० जनाले गरे बुकिङ

काठमाडौं – कतारमा हुने विश्वकप फुटबल प्रतियोगिता हेर्न नेपालबाट दुई सय जनाभन्दा बढी नेपाली जाने भएका छन्।

विश्वकप हेर्न जान चाहनेका लागि फिफाले तोकेको आधिकारिक कम्पनी म्याच हस्पिटालिटीको नेपालका लागि एक मात्र एजेन्ट जेनिथ एक्सपेरियन्सेस ट्राभल सर्भिसेज हो। विश्वकप फुटबल प्रतियोगिता हेर्न चाहने दुई सय जनाभन्दा बढीले बुकिङ गरिसकेको कम्पनीकी प्रबन्ध निर्देशक मिहिका शाहले बताइन्।

यसबाहेक फिफाले प्रतियोगिताका स्पोन्सर कम्पनीहरु तथा एन्फालाई उपलब्ध गराउने टिकटमार्फत विश्वकप हेर्न जानेहरुको संख्या भने यकिन भइसकेको छैन।
फिफाले एन्फासँगै कोकाकोला, बर्डवाइजर, सोनी, हुण्डाई, एडिडासजस्ता स्पोन्सर कम्पनीहरुका लागि पनि टिकट कोटा छुट्याउने गर्छ। यी कम्पनीमार्फत पनि विश्वकप हेर्न नेपालीहरु कतार जानेछन्।

सरकारले पर्यटक भिसामा विदेश घुम्न निरुत्साहित गर्ने गरि कार्यविधि जारी गरेको अवस्थामा २ सय जनाभन्दा बढीले विश्वकप हेर्न जाने तय हुनु उत्साहको कुरा भएको शाहले बताइन्।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार