केन्याविरुद्ध निर्णायक खेल खेल्दै नेपाल, ब्याटिङ मुख्य समस्या

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मंगलबार घरेलु टोली केन्याविरुद्ध पाँचौं तथा अन्तिम टी–ट्वान्टी अन्तराष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३स्४५ बजे सुरु हुनेछ ।

पाँच खेलको सिरिज अन्तर्गतको यस खेल सिरिजको निर्णायक खेल हो। किनकि ४ खेल सकिदा सिरिज २(२ को बराबरीको अवस्थामा रहेको छ । यस खेल जित्नेले सिरिज जित्नेछ ।

घरेलु टोलीविरुद्धको अन्तिम खेलमा मैदान उत्रदा नेपाल सिरिज कब्जा गर्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले सिरिज आफ्नो बनाउनेछ ।

यता, घरेलु टोली पनि नेपाललाई हराएर सिरिज घरमै राख्न चाहन्छ ।सोमबार भएको चौंथो खेलमा नेपाललाई केन्याले ७ रनले हराएर केन्याले सिरिज जित्ने सम्भावना कायम राखेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार