बलात्कार आरोपित कराँते प्रशिक्षकविरुद्ध १५ वर्ष कैद माग

काठमाडौँ– १९ वर्षीया किशोरीमाथि पटक–पटक सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका विराटनगरका दुई कराँते प्रशिक्षकविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ ।

विराटनगर महानगरपालिका–३ का ५० वर्षीय विनोद राउत र वडा नम्बर ४ का ५० वर्षीय सुरज सुवेदीविरुद्ध जिल्ला अदालत मोरङमा जबरजस्ती करणी मुद्दा दर्ता गरिएको मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

आज र भोलि बिदा रहेकाले पर्सि मात्र प्रतिवादीहरुसँग बयान लिने बताइएको छ । त्यसपछि म्याद थप्न वा धरौटीमा रिहा गर्ने निश्कर्ष निकालिने बताइएको छ । म्याद थप भएमा थुनछेक बहस शुरु हुने सूचना अधिकारी बुढाथोकीले बताए ।

जबरजस्ती करणी मुद्दामा सातदेखि १० वर्षसम्म कैद सजाय हुन्छ भने सामूहिक करणी भएकाले थप पाँच वर्ष कैद थपिन सक्छ । उनीहरुविरुद्ध १५ वर्ष कैद र पीडितलाई तीन लाख रुपैयाँ क्षतिपूर्तिको मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार