न्यायोचित किसिमले नै सिट बाँडफाँट हुन्छ : प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनले बनाएको सिट बाँडफाँट कार्यदलले कुन दलले कति सिटमा उम्मेदवारी दिने भन्ने केही दिनभित्र टुंगिने बताएका छन्।

गोरखा संग्रहालयभित्र आज पार्टीले गरेको कार्यक्रममा बोल्दै उनले सत्ता गठबन्धनका पाँच दल मिलेर नै चुनावम जाने बताए।

‘सत्ता गठबन्धनभित्र रहेका दलबीच अहिलेदेखि नै सम्बन्ध राम्रो बनाउनुहोस्,’ प्रचण्डले स्थानीय नेता तथा कार्यकर्तालाई भने, ‘न्यायोचित किसिमले नै सिट बाँडफाँट हुन्छ। कार्यदलले केही दिनमा कसले कति सिट लिने र कहाँ–कहाँबाट उम्मेदवारी दिने टुंगोमा पुर्‍याउँछ।’

सुरूमा प्रतिनिधि सभा क्षेत्र र त्यसपछि प्रदेश सभा क्षेत्रको सिट बाँडफाँटबारे टुंगो गरिने उनले बताए।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार