नागरिकता विधेयकबारे राष्ट्रपतिले गरिन् कानूनविद्हरुसँग छलफल

'हठात र संसदीय मर्यादाविपरीत सरकारअघि बढेको टिप्पणी'

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानूनविद्हरुसँग छलफल थालेकी छन् ।

प्रतिनिधिसभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयक प्रमाणीकरणका लागि फेरि आफूसँग नै आउने भएपछि राष्ट्रपति भण्डारी कानुनी परामर्शमा जुटेकी हुन् । विधेयकको विषयमा बिहीबार संसदमा छलफल चलिरहेका बेला राष्ट्रपतिले शीतलनिवासमा संविधानविद्, कानुनविद् र सम्बन्धित सरोकारवाला पक्षहरुलाई बोलाएर छलफल गरेकी हुन्।

छलफलमा संविधानविद् डा. भीमार्जुन आचार्य, सविधानविद् डा. सुरेन्द्र भण्डारी, संविधानविद् डा. विपिन अधिकारी, अधिकारकर्मी सुवोध प्याकुरेल, वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ र ध्रुवहरि अधिकारी लगायतको उपस्थिति थियो।

छलफलमा सहभागीहरुले विधेयकमाथि राष्ट्रपतिले दिएको सन्देशलाई सरकार र संसदले गम्भीर रूपमा नलिएको टिप्पणी गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी सँगको छलफलका क्रममा उनीहरुले राष्ट्रपतिले संवैधानिक दायराअनुसार दिएको सुझावहरू मनन नगरी हठात र संसदीय मर्यादाविपरीत सरकारअघि बढेको बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार