रुखमा झुण्डिएको अवस्थामा एक जोडी मृत फेला

बैतडी – बैतडीमा एक जोडी युवा–युवतीसँगै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा जिल्लाको सिगास गाउँपालिका–५ का २१ वर्षीय केशव दमाइ र १८ वर्षीय रमिता बिक रहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। उनीहरू दुवै जना चिउरीको रुखको एउटै हाँगोमा झुण्डिएको अवस्थामा भेटिएको उनले बताए ।

मृतक दुवै जनाको शव परीक्षणका लागि शुक्रबार जिल्ला अस्पताल लाने तयारी भएको उनले बताए। उनीहरु दुवै जना अविवाहित रहेको र प्रेम सम्बन्धमा रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार