सन्दीप लामिछानेले ‘द सिक्स्टी’ गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिताको पहिलो संस्करण गुमाउने भएका छन् ।

वेस्ट इन्डिज क्रिकेटको आयोजनामा हुन लागेको द सिक्स्टीका लागि सन्दीप जमैका तालाबाजमा आबद्ध रहेका थिए । द सिक्स्टी क्रिकेट २५ अगस्टबाट सुरु हुदैछ । यसै समयमा नेपालले केन्याविरुद्ध सिरिज खेल्नेछ । नेपालले ५ खेलको टी-ट्वान्टी तथा ३ खेलको एकदिवसीय सिरिजका लागि केन्या भ्रमण गर्दैछ ।

सन्दीप ५ टी– ट्वान्टी सिरिज सकेर मात्र वेस्ट इन्डिज जाने छन् । १० औं संस्करणको क्यारेबियन क्रिकेट लिग (सीपीएल) मा सहभागी हुन सन्दीप त्यसतर्फ जाने छन् । द सिक्स्टीमा सीपीएलका ६ टोलीकै सहभागीता रहने छ ।

सन्दीपको अनुपस्थितिमा उपकप्तान रोहित पौडेलले एकदिवसीयमा टिमको कप्तानी गर्ने छन् । सिरिजका लागि नेपाली भदौ ७ गते केन्या पुग्ने तालिका छ ।नेपालले घरेलु टोलीसँग सुरुआतमा टी–ट्वान्टी सिरिज खेल्नेछ ।

राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार