मानिसबाट कुकुरमा सर्‍यो मंकीपक्स

काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स संक्रमण मानिसबाट कुकुरमा सर्ने पहिलोपटक रिपोर्ट गरेपछि सङ्क्रमित व्यक्तिहरूलाई जनावरसँगको सम्पर्कबाट जोगिन आह्वान गरेको छ ।

‘मानवबाट जनावरमा सर्ने यो पहिलो घटना हो । हामी विश्वास गर्छौं कुकुरमा मंकीपक्स सङ्क्रमण भएको यो पहिलो घटना हो’, डब्लूएचओका रोजामुन्ड लुइसले भनिन् ।

गत हप्ता मेडिकल जर्नल द ल्यान्सेटमा मंकीपक्स मानिसबाट कुकुरमा सर्ने पहिलो केस रिपोर्ट गरिएको थियो । फ्रान्सको राजधानी पेरिसमा सँगै बस्ने दुईजना पुरुषबाट र उनीहरूका इटालियन कुकुरमा मंकीपक्स सरेको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार