जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ८ घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

गोकुलेश्वर बाट दार्चुलाका लागी छुटेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ५ जनाको घटना स्थलमै मृत्यु भएको र ८ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रतापसिंह भण्डारीले बताए ।

मृत्यु हुनेमा ४ जना पुरुष र १ महिला रहेपनि उनिहरुको पहिचान नभएको उनले बताए । जीपको ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको भएपनि एकिन विवरण भने नआएको उनले बताए ।

दुर्घटनामा परी जीप चालक र सह–चालक सहति ८ जना घाइते भएका र उनीहरुको जिल्ला अस्पताल गोकुलेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब २ सय ५० मिटर तल खसेको जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार