एकीकृत समाजवादीले तोक्यो उम्मेदवार बन्न मापदण्ड

'पार्टी निर्माणमा योगदानदेखि आर्थिक र नैतिक आचरणसम्म राम्रो हुनुपर्ने'

काठमाडौ – नेकपा (एकीकृत समाजवादी) ले मंसिरमा हुने निर्वाचनका लागि पार्टीबाट उम्मेदवार हुन सात मापदण्ड तय गरेको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले सातवटा मापदण्डभित्र पर्नेमात्रै पार्टीको उम्मेदवार बन्न सक्ने निर्णय गरेको हो ।

भदौ २० भित्र जिल्ला र प्रदेशबाट आएका (नाम) सिफारिसमा केन्द्रले छलफल गरेर टुंग्याउने भएको छ । समावेशी समानुपातिकका सिद्धान्तलाई आत्मसात गर्दै सातवटा मापदण्डभित्र रहेर जिल्ला र प्रदेश निर्वाचन कमिटीलाई उम्मेदवार पठाउन बैठकले निर्देशन दिएको छ ।

यस्ता छन् मापदण्ड
१) पार्टीको कार्यदिशा,नीति र कार्यक्रमप्रति प्रतिवद्ध भएको,
२) पार्टी निर्माणमा योगदान गरेको र विद्रोहमा सक्रिय भूमिका खेलेको,
३) पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ रहेको,
४) आर्थिक र नैतिक आचरण राम्रो भएको,
५) जनतामा स्थापित र लोकप्रीय रहेको,
६) स्वच्छ छवि र सुशासनको पक्षपाती,
७) कार्यक्षमता र सक्रियता राम्रो भएको

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार