सेयर बजार राताम्मे, एक अर्बमा खुम्चियो कारोबार रकम

काठमाण्डौ – मङ्गलवार झन्डै २५ अङ्कले घटेको शेयर बजार आज बुधवार पनि सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ३६ अङ्कले घटेर २ हजार ४० दशमलव ७० विन्दुमा झरेको छ ।

आज बैंक, व्यापार, होटल, अन्य, जीवन बीमा र लगानी समूहको शेयर सामान्य घटेको छ । विकास बैंक, जलविद्युत्, निर्जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स र म्युचल फन्ड समूहको शेयर भने सामान्य बढेको छ ।

आज दुई सय २० वटा कम्पनीको ३४ लाख ९७ हजार कित्ता शेयर एक अर्ब ४० करोड ५९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रोको १८ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार