गणतन्त्र र राजतन्त्रको विवाद अनावश्यक : कमल थापा

कठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नभएको बताएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत थापाले विवादमा अल्झिनुभन्दा सबै सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता भएको बताएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरौँ। गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन। गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता हो।’

धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षा गर्नुपर्ने उनको भनाइ छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार