गणतन्त्र इन्डोनोसियाको ७७औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाण्डौमा झन्डोत्तलन

गणतन्त्र इन्डोनेसियाको ७७औँ स्वत्रन्त्रता दिवसका अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय काठमाण्डौको पानीपोखरीस्थित आइएमई कम्पेक्स परिसरमा झन्डोत्तलनको कार्यक्रम सम्पन्न भएको छ ।

कार्यालयको प्राँगणमा बुधबार बिहान आयोजित एक कार्यक्रमबीच नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको झन्डोत्तलन गरेका हुन्  ।

कार्यक्रममा अवैतनिक वाणिज्यदूत ढकालले इन्डोनेसियाको ७७औँ स्वतन्त्रता  दिवसका अवसरमा शुभकामना मन्तब्य व्यक्त गर्दै नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा यसलाई जनस्तरसम्म पुर्याउन आफूले प्रयास गरिरहेको बताए ।  उनले दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेकोले यो सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ र मजबुत बनाउनुपर्नेमा जोड दिए ।

नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपालका लागि इन्डोनेसियाको गैरआवासीय राजदूतको कार्यालय बंगलादेशको राजधानी ढाकामा रहेको छ ।  इन्डोनेसिया आसियान राष्ट्रहरुमध्येको सबैभन्दा ठूलो अर्थतन्त्र हो ।

नेपाल र इन्डोनेसियाबीचको व्यापारको परिमाण पनि ठूलो रहेको छ ।  दुई देशबीच पर्यटनलगायत व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेका छन् ।

झन्डोत्तलन कार्यक्रममा नेपालमा बसोबास गर्दै आइरहेका इन्डोनेसियन मूलका नागरिक, वाणिज्यदूत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीको उपस्थिति थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार