यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था (पूर्णपाठसहित)

शोधानान्तर घाटा २ खर्ब ५५ अर्ब, विदेशी सञ्चिति ९.५४ अर्ब

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।  गत अर्थिक वर्षमा २ खर्ब ५५ अर्ब रुपैयाँले शोधानान्तर घाटामा गएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असार मसान्तसम्म २ खर्ब ५५ अर्बले शोधानान्तर घाटामा गएको हो । अघिल्लो वर्ष असार मसान्तमा १ अर्ब २३ करोडले शोधानान्तर बचतमा थियो ।

उच्च आयातको कारण गतवर्ष शोधानान्तर २ खर्ब ५५ अर्ब रुपैयाँले घाटामा गएको छ । वार्षिक औसत मुद्रास्फीति ६.३२ प्रतिशत रहेको छ ।

यस्तै आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात २८.७ प्रतिशतले र निर्यात ४४.४ प्रतिशतले बढेको थियो । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.८ प्रतिशत र अमेरिकी डलरमा २.२ प्रतिशतले बढेको छ ।

कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५४ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति ६.९४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । विस्तृत मुद्राप्रदाय ६.८ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा १३.१ प्रतिशतले बढेको छ ।

२०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु.५० खर्ब ८३ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु.४६ खर्ब २१ अर्ब पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार