प्रधानमन्त्रीको दाबी प्रस्तुत गरेर शितल निवासबाट बाहिरिए विपक्षी गठबन्धनका नेताहरू

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर बुझाएर विपक्षी गठबन्धनका नेताहरु शीतल निवासबाट बाहिरिउका छन् ।

१४९ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि बहुमत सांसदको दावी राष्ट्रपतिलाई बुझाएर राष्ट्रपति कार्यालय शीतल निवासबाट उनहिरु बाहिरिएका हुन् । एमाले नेता माधव कुमार नेपाल समेतका नेताहरुले राष्ट्रपतिलाई भेटेर बहुमत हस्ताक्षर सहितको दाबी दर्ता गराएका हुन् ।

शुक्रबार सिहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेको थियो । कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २६, जसपाका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदले हस्ताक्षर गरेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार