बहुमत पुर्‍याएर शितल निवास जाने तयारीमा विपक्षी गठबन्धन

देउवाको नेतृत्वमा सरकार बनाउन सांसदहरुको हस्ताक्षर लिइँदै

विपक्षी गठबन्धनले राष्ट्रपतिले दिएको समयसीमा भित्र बहुमतको सरकार गठनको दावी पेश गर्ने तयारी गरेका छन् । काँग्रेस संसदीय दलको कार्यालयमा भएको विपक्षी चार दलको बैठकले बहुमतको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् ।

यसका लागी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सारेर सरकार गठन गर्न बहुमत जुटाउने प्रयासलाई तीव्रता दिइएको छ । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार, जनता समाजवादी पार्टीका नेता एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलगायत उपस्थित छन् ।

यसअघि उनीहरुले नेपाली कांग्रेस सभापति देउवा निवासमा छलफल गरेका थिए । बुढानीकण्ठको बैठकपछि विपक्षीहरु आ–आफ्नो दलमा आन्तरिक छलफल गरेर पुनः सिंहदरबारमा छलफलमा जुटेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार