३४ जना डीएसपीको सरूवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी नायव उपरीक्षक सरुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयले प्रहरी प्रधान कार्यालय जनसम्पर्क उपशाखा, महानगरीय अपराध महाशाखा टेकु, प्रहरी प्रधान कार्यालय सुरक्षा, सेवा व्‍यवस्थापन निर्देशनालय, अपराध अनुसन्धान विभाग लागू औषध शाखा, प्रशासन विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जलगायतका डिएसपीहरुको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालय जनसम्पर्क उप-शाखामा कार्यरत होमबहादुर थापा नेपाल प्रहरीको प्रधान कार्यालय कार्यविभाग सुरक्षा सेवा व्‍यवस्थापन महाशाखा सुरुवा भएका छन् भने महानगरीय अपराध महाशाखा टेकु, काठमाडौं स‌गठित साइबर आर्थिक एवं विशेष अपराध शाखामा कार्यरत किरण प्रसाद न्‍यौपानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार