सिन्धुलीमा सम्बन्ध विच्छेदका घटना बढे, वैदेशिक रोजगारी मुख्य कारक

सिन्धुली । सिन्धुली जिल्ला अदालतमा अत्याधिक रुपमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको छ ।

प्रेम विवाह, मागीविवाह गरेकाहरुले समेत घर व्यवहारमा श्रीमान र श्रीमतीकाबीचको सम्बन्धमा समस्या उत्पन्न भएका कारणले सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका हुन् । सवैभन्दा धेरै मुद्धा वैदेशिक रोजगारीका कारण समस्या उत्पन्न भएका छन् । आर्थिक वर्ष २०७८र०७९ मा २ सय ४१ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । कुल मुद्दाको १७।०५ प्रतिशत सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको सिन्धुली अदालतले जनाएको छ ।

यस्ता मुद्दा मध्ये १ सय ७४ थान मुद्दा फर्छ्योट भएको छ भने ६७ थान मुद्दा बाँकी रहेका छन् । सिन्धुली जिल्ला अदालतमा गत आर्थिक वर्ष २०७७र०७८ मा १ सय ४१ वटा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएका थिए । तर पछिल्लो एक वर्षमा सम्बन्ध विच्छेदका १ सय भन्दा बढी मुद्दा अदालतमा दर्ता भएका छन् ।

कम उमेरमा विवाह गर्ने र उमेर पुगेपछि श्रीमान र श्रीमतीको सम्बन्ध राम्रो नभएपछि अदालतमा सम्बन्ध विच्छदेका मुद्दा बढी आउने गरेको छ । बालविवाह, विपन्नता, मोबाइलको दुरुपयोग, वैदेशिक रोजगारी र अशिक्षा जस्ता कारणले पनि सम्बन्ध विच्छेदको मुद्दा बढेको अनुमान गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार