चीन आक्रमणको अन्तिम तयारीमा छ : ताइवान

काठमाडौं :  ताइवानका विदेशमन्त्री जोसेफ वुले चीन आक्रमणको अन्तिम तयारीमा रहेको बताएका छन्।  उनले चीनले ताइवानसँगको सामुद्रिक सीमा नाका मिचेको भन्दै यसले क्षेत्रीय शान्ति, स्थिरता र ताइवानको सुरक्षामा गम्भीर असर परिसकेको बताए।

ताइवानी रक्षा मन्त्रालयका अनुसार सोमबार साँझ ५ बजेको आसपास ३९ लडाकु विमान तथा १३ युद्धपोत ताइवानी सामुद्रिक क्षेत्रमा आइपुगेका थिए। गत बुधबारदेखि चीनले दुई देशबीचको सीमा नाघेर १ सय २० भन्दा बढी लडाकु विमान पठाएको ताइवानी अधिकारीको आरोप छ। चीनको जवाफमा ताइवानले लडाकु विमान र सामुद्रीक पोतहरु परिचालन गरेको छ ।

 चीनले यसअघि पनि आवश्यक परे ताइवानमाथि बल प्रयोग गरेर चीनमा मिलाउन सक्ने बताएको थियो।  यसका साथै हिजै चिनियाँ सैनिकका २१ जेट सीमा रेखा मिचेर ताइवानी जल क्षेत्रमा प्रवेश गरेका छन् । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन ताइवानविरुद्ध क्रुद्ध बनेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार