नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने ठाकुर पक्षको निर्णय

प्रधानमन्त्री ओलीले आफ्ना मुद्दाहरु सम्बोधन गरिरहेको महन्थको भनाई

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको जसपाको ठाकुर पक्षको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुद्दाहरु सम्बोधन गरिरहेकाले विपक्षमा जान नसक्ने भन्दै अहिलेका लागि तटस्थ बस्ने निर्णय गरेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । आफुहरुको मागका बारेमा सम्बोधन गर्ने प्रयास भइरहेको उनको भनाई छ ।

त्यस्तै जसपा संसदीय दलका नेता राजेन्द्र महतोले बैठकमा समसामायिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको जानकारी दिए । महतोले आफूहरु सत्ताको लागि भन्दा पनि देश र जनताको पक्षमा केन्द्रित रहेको बताए । उनले कुर्सीको लडाइँमा आफूहरु नलाग्ने बताएका छन् । संसदीय दलको बैठकले दलको नेता महतोलाई स्वागत गरेको थियो ।

Loading...