देउवासँग छलफल गर्न प्रचण्ड र माधव पुगे बूढानीलकण्ठ

नयाँ सरकार गठनको समय छोटिंदै जाँदा दलहरुको दौडधूप जारी छ । यसैक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । सभापति देउवाको निमन्त्रणामा नेपाल छलफलका लागि बूढानीलकण्ठ पुगेका हुन् । प्रचण्डसँग नेता नारायणकाजी श्रेष्ठ पनि देउवा निवास पुगेका छन् ।

त्यसअघि देउवा निवासमा कांग्रेस पदाधिकारीको बैठक बसेको थियो । कांग्रेसले सम्भावित सबै विकल्पमा दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।

यसैगरी शुक्रबार बिहानै जसपाको महन्थ ठाकुर पक्षले आफू निकट सांसदहरुसँग पछिल्लो परिस्थितिबारे छलफल गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्मका लागि समयसीमा तोक्दै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि प्रचण्ड र देउवाबीच आगामी कदमका लागि छलफल हुनेछ । प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ पनि देउवा निवास पुगेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार