सहकार्यको विषयमा सिके राउत र महन्थ ठाकुरबीच छलफल

काठमाडौँ– जनमत पार्टीका अध्यक्ष सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । भेटवार्तामा राउले ठाकुरलाई सहकार्यको प्रस्ताव गरेका छन्। मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको लागि सहकार्यको प्रस्ताव गरेको हुन्।

अध्यक्ष राउतले उपेन्द्र यादवको क्षेत्रबाट सप्तरी २ बाट लड्ने तयारी गरेका छन्। साउन १९ गते बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकमा पनि अधिकांश सहभागीले अन्य दलसँग गठबन्धन, सहकार्य र समझदारीको लागि पहल गर्नुपर्ने धारणा राखेको राउतको सचिवालयले जनाएको छ।

सचिवालयले भनेको छ, ‘आगामी निर्वाचनमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा चर्चा पनि भएको हो। रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसहित अन्य दलहरूसँग पनि विभिन्न चरणको संवाद जारी छ। एकातिर ५–७ ठूला दलहरूको गठबन्धन हुने भएपछि जनमत पार्टी एक्लै, कसैसँग कुनै सहकार्य नै नगरी जानु स्थानीय निर्वाचनमा झैं आत्मघाती हुन सक्छ। त्यसैले जिल्लारनिर्वाचन क्षेत्रअनुसार समझदारी र सहकार्य हुनसक्ने सम्भावना पनि छ।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार