राष्ट्रपति भण्डारीद्वारा मदन भण्डारी विश्वविद्यालय विधेयक प्रमाणीकरण

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छिन् । यसबारे आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा जानकारी गराइएको हो ।

उनले संविधानको धारा १ सय १३ को उपधारा २ बमोजिम साउन १८ गते सो विधेयक प्रमाणीकरण गरेकी हुन् । यस्तै नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिको टेबलमा पुगे पनि कारवाही प्रक्रिया अघि बढेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार