महतोले बोलाए जसपा संसदीय दलको बैठक, उपेन्द्र पक्षलाई खबर छैन

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले संसदीय दलको बैठक बोलाएको छ । दलका नेता राजेन्द्र महतोले बिहान ११ बजे दलको बैठक बोलाएका हुन् ।

राष्ट्रपतिबाट संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको अवधि दिएको सन्दर्भमा छलफल गर्न दलको बैठक बोलाइएको महतोले जनाएका छन् ।

ठाकुर र महतो पक्षबाहेकका सांसदहरुलाई भने बैठकको खबर गरिएको छैन । उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षका एक नेताले आफूहरुलाई बैठकबारे जानकारी नभएको बताए । जसपाको नेता विमल श्रीवास्तवले अध्यक्ष ठाकुरले बोलाएको बैठकमा समसामयिक राजनीतिबारे छलफल हुने बताए । पछिल्लो समय ठाकुर(महतो पक्षमा बहुमत सांसद रहेको दाबी गरिएको छ । जसपामा अहिले ३२ जना सांसद रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार