चन्द्रागिरी हिल्सले कमायो साढे २ करोड बढी नाफा

चन्द्रागिरी हिल्सले गत आर्थिक वर्षका चौथो त्रैमाससम्ममा साढे २ करोड बढी नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ  ।  गत असार मसान्तसम्म चन्द्रागिरी हिल्सले २ करोड ५५ लाख ७७ हजार ४४७ रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा २७ करोड २६ लाख ९२ हजार रुपैयाँ घाटा व्यहोरिरहेको कम्पनी गत असार मसान्तमा आइपुग्दा नाफामा रहेको छ । कोरोना महामारी न्यून भएपछि पर्यटन आगमन बढेसँगै कम्पनीको आम्दानी पनि बढेको छ । जसको प्रभाव नाफामा देखिएको छ ।

असार मसान्तसम्म कम्पनीले ६६ करोड ९८ लाख ४८ रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा २२ करोड १९ लाख ४८ रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । अन्य स्रोतबाट हुने आम्दानी भने घटेको छ । अघिल्लो आवको असार मसान्तमा ७४ लाख ६६ हजार रुपैयाँबाट घटेर ५७ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको जगेडा कोष ३९ करोड ४४ लाख ३६ हजार रुपैयाँले ऋणात्मक रहेको छ । नाफामा गएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि १ रुपैयाँ ६७ पैसा पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १७ रुपैयाँ ७८ पैसाले नकारात्मक थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ ७४ रुपैयाँ २९ पैसा छ।  हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैयाँ छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार