अश्लिल भिडियो पोस्ट गर्ने दुई मोडललाई १५ वर्ष जेल सजाय

काठमाडौं- अश्लिल भिडियो पोस्ट गरेको भन्दै म्यानमारका चर्चित दुई मोडललाई १५ वर्ष जेल सजाय सुनाइएको छ। मोडलहरू नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई १५ वर्षको जेल सुनाइएको हो। उनीहरुलाई संस्कृति र मर्यादालाई हानी पुर्‍याएको आरोप लगाइएको छ।​

सन् २०२१ मा शक्ति हातमा लिएपछि जुन्ताले म्यानमारको परम्परागत संस्कृतिलाई संरक्षण गर्न खोजिरहेको छ। सरकारले अनलाइन सामग्रीमा नियन्त्रण र मनोरञ्जन पूर्ण सामाग्रीमा सेन्सर लगाएको छ। वेबसाइटहरूमा अश्लिल सामग्री पोस्ट गर्ने र म्यानमारका महिलाहरूको लज्जा र विनम्रतालाई हानी पुर्‍याउने अन्यलाई पत्ता लगाइ प्रभावकारी कारबाही गरिने सेनाको विज्ञप्तिमा चेतावनी दिइएको छ।

उनीहरूले कथित अश्लिल तस्वीर र भिडियो वितरण गरेको र त्यसले म्यानमारको संस्कृति र सम्मानमा हानी पुगेको जुन्ता सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार