आगामी निर्वाचनका लागि साउन ३१ सम्म दल दर्ता गर्न पाइने

काठमाडाैँ- निर्वाचन आयोगले आइतबारदेखि निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ताको आह्वान गरेको हो ।

यसअघि दर्ता भएका दलहरु निर्वाचन प्रयोजनका लागि पुन: दर्ता गर्नुपर्ने हुन्छ । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति तोकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार