नेपालमा बिहीबार थप ८ हजार ३०५ जनामा कोरोना पुष्टि, १९० जनाको मृत्यु

६ हजार ५४३ संक्रमितले जिते कोरोना

नेपालमा बिहीबार थप ८ हजार ३ सय ५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ६९५ पीसीआर र ३९२ वटा एन्टिजेन विधिबाट परिक्षण गर्दा ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १९० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ५ हजार ८ सय ४७ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ६ हजार ५४३ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म तीन लाख ६६ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ लाख १५ हजार ८५२ सक्रिय संक्रमित रहेका छन् भने ९३२ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २८ लाख ५५ हजार ७९३ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार