नेपाललाई बराबरीमा रोक्दै बंगलादेश फाइनलमा

नेपालको यात्रा भारत-माल्दिभ्सको खेलले तय गर्ने

तनावपूर्ण बनेको नेपाल र बंगलादेशको खेल बराबरीमा सकिएको छ। भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा साफ यू २० च्याम्पियनसिप फुटबलअन्तर्गत भएको खेल १(१ गोलको बराबरीमा सकिएको हो । खेलमा बंगलादेशले गोल गर्दै अग्रता लिएको थियो। बंगलादेशका लागि मोहम्मद पियासले ६३औं मिनेटमा गोल गर्दै अग्रता दलिएका थिए। त्यसको ५ मिनेट पछि ६८औं मिनेटमा नेपालले बराबरी गोल गरेको थियो। नेपालका लागि निरन्जन मल्लले गोल फर्काएका थिए।

नेपाली खेलाडीलाई लडाएपछि रंगशालामा केही समय तनावपूर्ण स्थिति बनेको थियो। दुई देशका खेलाडीबीच हात हलाहालको अवस्थमा आएको थियो। रेफ्रीले नेपालका दिपेश गुरुङ र बेन्चमा रहेका रोहित सुब्बालाई रातो कार्ड देखाएको थियो भने बंगलादेशका सहिदुल इस्लामले रातो कार्ड पाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार