राष्ट्रियसभा उपनिर्वाचन : स्थानीय तहमा देवकोटाको अग्रता

वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । साढे ४ बजेबाट सुरु भउको गणनामा डा. खिमलाल देवकोटाले अग्रता लिएका छन् ।

बागमती प्रदेश निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्थानीय तहका २३८ मध्ये २३३ मत खसेको थियो । जसमध्ये देवकोटाले १२८ र रामबहादुर थापा बादलले १०३ मत पाएका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाएका छन् ।

वाग्मती प्रदेशका स्थानीय तहमा नेकपा एमालेको १३३ मतदाता छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार