कालिज मार्न भन्दै जंगलमा लगेर रडले हानी साथीको हत्या

काठमाडौं । अर्घाखाँचीमा पैसा दिन्छु भन्दै आफ्नै घरमा लगेर साथीको हत्या गरेको खुलेको छ । ट्रक किनेको पैसा दिने भन्दै एकजनाले आफ्नै साथीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी अमरबहादुर थापाका अनुसार पाणिनि गाउँपालिका–२ पोखराथोकका कुलचन्द्र गौतमले मालारानी गाउँपालिकाका–१ का विष्णुबहादुर पाण्डेको नाममा रहेको लु १ ख ६६८१ नम्बरको ट्रक खरिद गर्ने भन्दै जंगलमा लगेर हत्या गरेको खुलेको हो ।

साउन ९ गते पाण्डे आफ्ना साथी गौतमसँग लु १ ख ७७९१ नम्बरको ट्रक पास गर्न भन्दै गएका थिए। त्यही दिनदेखि पाण्डे सम्पर्कबिहीन भएपछि उनका आफन्तले खोजी गर्न भन्दै साउन ११ गते प्रहरीकोमा जाहेरी दिएका थिए। खोजतलास गर्ने क्रममा साउन १४ गते दिउँसो ३ बजेतिर अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ स्थित सिद्ध सामुदायिक जंगलमा पाण्डेको शव भेटिएको थियो।

पाण्डेको हत्या गरेको आरोपमा गौतमलाई साउन १५ गते नेपाल–भारत सी बेलहियाबाट पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा गौतमले पाण्डेको नाममा रहेको उक्त ट्रक १६ लाखमा किनेको र नामसारी गर्नेबित्तिकै पैसा बुझाउने भनिए पनि पैसा नबुझाएपछि विवाद भएको थियो। सोही विषयलाई लिएर गौतमले कालिज मार्न जाउँ भन्दै पाण्डेलाई जंगलमा लगेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार