अर्थमन्त्री जनार्दन शर्माले गरे पदभार ग्रहण

काठमाडौं । आइतबार अर्थमन्त्री नियुक्त भएका जनार्दन शर्माले शपथ ग्रहणपछि साँझ नै पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुगेका उनलाई राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरे । अर्थ मन्त्रालयका सचिव मधु मरासिनी भने आइतबार अनुपस्थित छन् ।

बजेट निर्माणका समयमा करका दर हेरफेर गरेको आरोप लागेपछि राजीनामा दिएका शर्मा शनिवार मन्त्रीमा पुनः नियुक्त भएका थिए ।शर्मामाथि आरोप लागेपछि छानबिनका लागि संसदीय समिति नै गठन गरिएको थियो । समितिले १७ दिनसम्म छानबिन गरेपछि आरोप प्रमाणित नभएपछि उनी पुनः अर्थमन्त्री बनेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार शर्मालाई मन्त्री नियुक्त गरेकी थिइन् । शर्माले राष्ट्रपति भण्डारीबाट शनिवार नै शपथ गरेका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार