जनताका वास्तविक समस्यामा ध्यान दिन ओलीको निर्देशन

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका गतिविधिलाई प्रभावकारीरुपमा सञ्चालन गर्न केन्द्रीय विभागलाई निर्देशन दिएका छन्।

एमालेको केन्द्रीय कार्यालय, च्यासलमा आइतबार आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठकमा अध्यक्ष ओलीले कार्ययोजना तयार गरी पार्टीसँग समन्वय गरेर आफ्नो विभागको कार्यक्षेत्रमा केन्द्रित भएर लाग्न तथा सरकारका गलत कामको विरोध र जनताका वास्तविक समस्यामा ध्यान दिन निर्देशन दिएका हुन्।

च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा पार्टीका विभिन्न ३३ विभागका प्रमुख, उपप्रमुख र सचिवहरु सहभागी रहेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार