‘डोनाल्ड लुको नेपाल भ्रमणबारे संसदमा जानकारी गराउन माग’

'धम्की दिएर एसपीपी पास गराउन आएको आशंका'

काठमाडाैँ- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहायक विदेशी मन्त्री डोनाल्ड लुको नेपाल भ्रमणबारे जानकारी गराउन माग गरेका छन्।

शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद सुवालले अमेरिकी मन्त्रीको नेपाल भ्रमणबारे शंकाउपशंका उब्जिएको भन्दै स्पष्ट पार्न सरकारसँग माग गरेका छन्।

उनले भने, ‘यसअघि एमसीसी सम्झौता गराउन गत मंसिरमा नेपाल आएका मन्त्री लु अमेरिका फर्केर प्रधानमन्त्री देउवा, प्रचण्ड र केपी ओ‌लीलाई फोन गरी नराम्रोसँग धम्की दिइ एमसीसी सम्झौता पास गराएको विषय जनतामा चर्चामा छ। यसपाली पनि मन्त्रीलु एसपीपीबारे धम्की दिएर पास गराउन, समझदारी गराउन चर्चा छ। यसबारे सरकारले स्पष्ट गर्न जरुरी छ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार