दिउँसै दुई लाख लुटेर भाग्ने दुई जना पक्राउ

धनुषा- जनकपुरधामबाट दिउँसै महिलाको दुई लाख लुटेर फरार भएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार लक्ष्मीनियाँ गाउँपालिका–७ का २० वर्षीय जीतेन्द्रप्रसाद साह र २१ वर्षीय दीपेन्द्र मण्डल पक्राउ परेका हुन्। गत सोमबार मिल्स एरियास्थित एभरेष्ट बैंकबाट दुई लाख रुपैयाँ झिकेर फर्किदै गरेकी शर्मिला देवीको साथबाट रकम लुटेर उनीहरु फरार भएका थिए।

प्रहरीले जीतेन्द्रको साथबाट लुटिएको मोबाइल र रु ५४ हजार नगद तथा दीपेन्द्रको साथबाट ७८ हजार रुपैयाँ बरामद गरेको छ। दुवैजनाले रकम लुटेपछि भागबण्डा गरेका थिए। धनुषा प्रहरीले उनीहरुको साथबाट प्रदेश २–०२–००५ प ८५ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार