प्रतितोला चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज चार सय रुपैयाँले बढेको हो ।

महासंघका अन्सार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको थियो । यस्तै आज तेजावी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार