एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ः०० बजे बैठक बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार बैठकमा सरकारले प्राप्त गर्ने विश्वासको मत, राष्ट्रियसभा सदस्य उपनिर्वाचनको समिक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

आन्तरिक विवादका कारण पछिल्लो समय आफ्नै सांसदहरु अनुपस्थित भएर संसदमा प्रधानमन्त्रीले विश्वासको मत गुमेपछि एमालेभित्र फेरि एकताको गृहकार्य जारी छ ।

यसका लागि प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालपक्षबाट ५/५ जना सदस्य रहने गरी कार्यदल बनाइएको छ । यो कार्यदलको बैठक एकपटक बसेको भएपनि कुनै ठोस निर्णय गरिसकेको छैन ।

त्यसो त आज जारी राष्ट्रिय सभाको उपनिर्वाचनमा समेत यो पार्टीको मत विभाजन हुने चर्चा चलिरहँदा कार्यदल र एमाले सिंङ्गैले साझा निर्णय गर्न सकेन ।

यी विविध विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएपनि माधव नेपाल पक्षीय स्थायी समितिका सदस्यहरुको सहभागिता भने अझै निश्चित भैसकेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार