सिके राउत बने ओशो सन्यासी

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत ओशो सन्यासी बनेका छन् । बुधबार काठमाडौंमा स्वामी आनन्द अरुणबाट दीक्षा लिएर उनी ओशो सन्यासी बनेका हुन् ।

राउत काठमाडौंको रानीबारीमा रहेको ओशो तपोवनमा ९ दिनसम्म पूर्णरुपमा मोबाइल अफ गरेर ध्यानमा बसे । ९ दिन ध्यान पूरा गरेपछि उनले सन्यास धारण गरेका हुन् ।

सन्यासपछि राउतले नयाँ नाम पाएका छन्–‘आनन्द मैत्रय’ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार