कोरोना संक्रमणबाट डीएसपी केसीको निधन

महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनलाई दुई सातअघि संक्रमण पुष्टि भएको थियो । काठमाडौंको मूलपानी स्थायी घर भएका केसी प्रहरी संगठनमा इमान्दार र दक्ष अधिकृतको रुपमा परिचित थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार