रोमानियामा ‘वर एण्ड वधू’को छायांकन

काठमाडौं। अभिनेत्री आँचल शर्मा र नवअभिनेता विवेक कर्माचार्यको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘वर एण्ड वधू’को केही सातादेखि रोमानियामा धमाधम छायांकन भइरहेको छ । केही दिनमै रोमानियामा हुने छायांकन पूरा हुने भएपछि निर्माण युनिटले सुटिङस्थलबाट केही तस्बिरहरू सार्वजनिक गरेको छ ।

फिल्म निर्देशक मिलन चाम्सले ३ दिनमा रोमानिया छायांकन सकिने र बाँकी छायांकन नेपालमा गरिने बताए । रोमान्टिक कमेडी कथामा निर्माण भइरहेको फिल्म एलआरके इन्टरटेन्मेन्टको व्यानरमा बनिरहेको हो । फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् ।

निर्देशक चाम्सले रोमानियामा फिल्मको छायांकन उत्कृष्ट तरिकाले गरिएको र दर्शकले फरक स्वादको कथा हेर्न पाउने दाबी गरे । सुदिप बरालको छायांकन रहेको फिल्मको प्रदर्शन मिति हालसम्म तोकिएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार