गुल्मीमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु

काठमाडौँ– गुल्मीको मुसीकोट नगरपालिका–२ देउरालीमा हिजो साँझ ट्रयाक्टरबाट खसेर एक जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा जिल्लाको मालिका गाउँपालिका–२ का २२ वर्षीय दिपक परियार रहेका छन् । तम्घासबाट पौदी अमराईतर्फ जाँदै गरेको लु २ त ५६०३ नम्बरको ट्रयाक्टरबाट हिजो साँझ ६ बजे उनी खसेका थिए ।

ट्रयाक्टरबाट खस्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा गएराती २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार