मोरङकी अनिताको हत्याको आरोपमा देवर पक्राउ

मोरङको रंगेलीमा मृत अवस्थामा फेला परेकी महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ ।

नातामा भाउजू पर्ने २४ वर्षीया अनिता यादवको हत्या गरेको आरोपमा रङ्गेली नगरपालिका–३ निवासी १९ वर्षीय विनोद यादवलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान पानी नरहेको नहरको बीच भागमा अनिताको शव फेला परेको थियो । शव भेटिएपछि अनुसन्धानका लागि प्रहरीले श्रीमान बेचन यादवसहित परिवारका चारजना सदस्यलाई नियन्त्रणमा लिएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको हत्यामा १९ वर्षीय देवर विनोदको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार मंगलबार दिउँसो हत्या आरोपी देवर र मृतक अनिताबीच विवाद भएको थियो । बेलुका अनिता नहरको बाटो हुँदै कतै गइरहेका बेला विनोदले पछ्याए । त्यसपछि विनोदले नहरमा लडाएर धारिलो हतियार प्रहार गरेको प्रहरीको भनाइ छ ।अभियुक्तलाई बिहीबार बिहान रङ्गेली प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार