बझाङबाट ११ जना जुवाडे पक्राउ

धनगढी । बझाङमा ९१ हजार नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् । जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको टोलीले जयपृथ्वी नगरपालिका–९ सिमखेतबाट ९१ हजार ५७५ रुपैयाँसहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपीं) ज्ञानबहादुर विष्टले स्थानीय विष्णु मण्डेलको घरमा जुवा खेलिरहेको अवस्थामा छापा हानेर उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–९ देवलका दिपक खड्का, इन्द्रबहादुर खड्का, नवराज धामी, दीर्घ कठायत, वडा नम्बर ८ बस्ने नन्दबहादुर बोहरा, स्थानीय शिक्षक मकरबहादुर सिंह, छविसपाथिभेरा गाउँपालिका–२ का विरेन्द्र कठायत, दर्शन रोकाया, गगनबहादुर कठायत, अनिल मण्डेल र घरधनी विष्णु मण्डेल रहेको विष्टले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार