नयाँदिल्लीमा आरजु र चौथाइवालेबीच भेटवार्ता

काठमाडौँ– भारतको नयाँदिल्लीमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजू राणा र भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ। बुधबार आरजू र चौथाइवालेबीच भेटवार्ता भएको हो।

गत वर्ष नेपाल भ्रमणमा आएको बेलामा आरजूले चौथाइवालाई बालुवाटारमा जनै पूर्णिमाको दिन राखी बाँधिदिएकी थिइन्। उपचारको क्रममा रहेकी आरजूले पछिल्लो समय राजनीतिक भेटघाटलाई पनि तीव्रता दिएकी छन्।

हालै भारत भ्रमणबाट फर्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि आरजूले दिल्लीमै भेटवार्ता गरेकी थिइन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार