फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

फिलिपिन्सको दक्षिणी भेगमा आएको एउटा शक्तिशाली भूकम्पका कारण ठूलो क्षति पुगेको अनुमान गरिएको छ।अब्रा प्रान्तस्थित धेरै जनघनत्व रहेको लुजोन टापुमा केन्द्रबिन्दु बनाएर स्थानीय समयानुसार बिहान ८ बजेपछि आएको भूकम्पले भवनहरू भत्किएका छन् भने ठाउँठाउँमा पहिरो गएको छ।

भूकम्पको धक्का ३०० किलोमिटर दक्षिणमा अवस्थित राजधानी मनिलासम्म महसुस भएको विवरणहरू आएका छन्। भूकम्पपछि संसद् भवनबाट केही व्यक्तिहरूलाई उद्धार गरिएको थियो।

उक्त भूकम्प ७.१ म्याग्निट्यूडको भएको बताइएको छ।राष्ट्रपति फर्निनान्ड मार्कोस जुनियरले भूकम्पबाट प्रभावित प्रान्तमा उद्धार टोली पठाउन निर्देशन दिएका छन्।राष्ट्रपति मार्कोस उक्त क्षेत्रको निरीक्षण गर्न जान लागेको उनकी प्रवक्ताले बताएकी छन्। उनले केही साताअघि मात्र पदबहाली गरेका थिए।

तर अहिलेसम्म कति जना हताहत भए भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी आइसकेको छैन। स्थानीथ अधिकारीहरूले भूकम्पपछि साना परकम्पहरू आइरहेको बताएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार