सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बुधबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनचाँदीको भाउ प्रतितोला दुईसय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९३ हजार ५ सय रुपैयाँमा झरेको छ।

चाँदीको भाउ भने बुधबार प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११५५ रुपैयाँमा कारोबार भइरहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार