अर्थमन्त्री प्रकरण : छानबिन समितिले आजदेखि प्रतिवेदन लेख्न सुरु गर्ने

काठमाडौं- आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति प्रवेश गराइ करका दर हेरफेर गरेको प्रकरणबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आज बुधबारबाट प्रतिवेदन लेख्ने भएको छ ।

छानबिन प्रक्रिया लगभग पूरा भएको निष्कर्ष निकाल्दै बैठकले बुधबारबाट प्रतिवेदन लेखनमा केन्द्रित हुने निर्णय गरेको हो ।समितिको मंगलबार दुईपटक बसेको बैठकमा बजेट घोषणाको अघिल्लो दिन (जेठ १४ गते) को अर्थ मन्त्रालयको सीसीटीभी फुटेजमा देखिएका गतिविधिको सम्बन्धमा छलफल भएको थियो ।

बुधबार बिहान बसेको बैठकमा प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट प्राप्त सीसीटीभी फुटेजको रिकभर रिपोर्ट खोलिएको थियो । रिपोर्ट स्पष्ट नबुझिएपछि अपराह्नको बैठकमा विज्ञहरुसँग छलफल गरिएको थियो । तर, विज्ञसँग छलफल गर्दा पनि फुटेजका धेरै क्लिपहरु स्पष्टसँग बुझ्न नसकिएको समितिका सदस्यहरुले जानकारी दिएका छन् ।

तर, एउटा शंकास्पद गाडी जेठ १४ गते राति अर्थ मन्त्रालय प्रवेश गरेको भने सीसीटीभी फुटेजमा देखिएको बुझिएको छ ।छानबिन समितिले सुरुदेखि नै बजेट घोषणाको अघिल्लो दिन ९जेठ १४ गते० राति अनधिकृत व्यक्ति मन्त्रालय प्रवेश गरे/नगरेको विषयमा छानबिन केन्द्रित गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार