चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गरे पदभार ग्रहण

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार सम्हालेका छन् । आज बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । उनी बोर्डको कार्यालय पुग्दा कर्मचारीहरुले फूल–मालाले स्वागत गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार