श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्षे स्वदेश फर्कदैँ

काठमाडौँ– श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजपाक्षे स्वदेश फर्कने भएका छन् ।श्रीलंकाको मन्त्रिपरिषदका प्रवक्ता बन्दुला गुणबर्दनेले पूर्वराष्ट्रपति राजपाक्षे श्रीलंका फर्कने तयारीमा रहेको बताएका हुन् ।

आर्थिक संकटले जर्जर अवस्थाको समाधान खोज्न नसक्दा बढेको जनआक्रोशपछि राजपाक्षेत्र गत महिना देशबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुगेका थिए । तर सिंगापुरले उनलाई राजनीतिक शरण दिन अस्वीकार गरेपछि राजपाक्षे अप्ठेरोमा परेका थिए ।

उता, सिंगापुरमाथि राजपाक्षेविरुद्ध मानवता विरुद्धको अपराधमा अभियोग दर्ता गर्न दबाव बढेपछि उन स्वदेश फर्कन लागेको जनाइएको छ ।

उनी स्वदेश फर्केपछि सर्वसाधारणले कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने पनि जिज्ञासाको विषय बनेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार