साफ यू–२० च्याम्पियनसिप : नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । भारतको भुवनेश्वरमा भइरहेको साफ यू–२० च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेल भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।

पहिलो खेलमा माल्दिभ्समाथि ४-० को जित निकालेको नेपाल लगातार दोस्रो जितको खोजीमा छ । श्रीलंकालाई हराएर फाइनल यात्रा सहज बनाउने नेपालको लक्ष्य छ ।

श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको थियो । श्रीलंका पहिलो जितको खोजीमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार